FAQs Complain Problems

समाचार:

ठेक्कापट्टा सम्वन्धी सूचना 2074

ठेक्कापट्टा सम्वन्धी सूचना ।
ठेक्कापट्टा सम्वन्धी सूचना ।

ठेक्कापट्टा सम्वन्धी सूचना ।

स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को दफा १६७ वमोजिम स्थानीय निकायले आन्तरीक आय सङ्गलनको लागि ठेक्का बन्दोबस्त गर्न सक्ने प्रावधान बमोजिम तपसिलमा उल्लेख भएको कर तथा शुल्क संकलन कार्य  आ.व. २०७४÷२०७५ वर्ष १ (एक)ठेक्काबाट बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, फर्म  वा संघसस्थाहरुले निम्न शर्तहरुको अधिनमा रहि बोलपत्र न्यूनतम अंकमा नघटाई रितपूर्वक सिलवन्दी वोलपत्र पेश गर्न सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
            ठेक्का सम्वन्धी विवरणः
१. हाट बजार कर ः
1   बोलपत्र फारम खरिद गर्दा फर्म तथा सस्थाहरुले फर्म दर्ता प्रमाण, इजाजत पत्र, भ्याट दर्ता प्रमाणपत्र, आयकर चुक्ता प्रमाणपत्र (२०७२÷७३) निवेदका साथ पेश गर्नुपर्नेछ । व्यक्तिको हकमा नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फारम  खरिद गर्दा सम्बन्धित व्यक्ति आफै वा अधिकार प्राप्त प्रतिनिधिले मात्र खरिद गर्न पाउनेछ ।
2    आफुले लिन चाहेको ठेक्काको डाक अंक नगरपालिकाले उपलव्ध गराएको फाराममा अंकमा र अक्षरमा स्पष्ट उल्लेख गरी वोलपत्र दाताले नाम ठेगाना लेखी सही छाप गरी सिलवन्दी बोलपत्र सूचना प्रकाशन भएको मितिले १६ (सोह«ौं) दिन दिनको १२ः०० बजे भित्र शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा बोलपत्र फाराम दर्ता गरिसक्नु  पर्नेछ । बोलपत्र फारम खरिद गर्ने, दर्ता गर्ने र खोल्ने  अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो पछि कार्यालय खुलेको दिन उल्लेखित समयमा खरिद दर्ता र खोलिने छ ।
3    सिलवन्दी वोलपत्रसाथ आफुले कवोल गरेको अंकको कम्तिमा ५ प्रतिशत धरौटी रकम यस कार्यालयको नाममा राष्टिय वाणिज्य बैंक भद्रपुर शाखामा रहेको  धरौटी खाता न. २२१०३०३००७१०२ मा नगदै जम्मा गरी सक्कलै भौचर शिलबन्दि बोलपत्रका साथ  कार्यालयमा पेश गर्नु पर्नेछ ।
4    बोलपत्र  फारम खरिदको लागि रु. १०००।०० (फिर्ता नहुने गरि) यस नगरपालिकाको राजश्व शाखामा नगदै जम्मा गरि सो को सक्कल नगदी रसिद निवेदनका साथ शिवसताक्षी नगरपालिका नगर कार्यपालकाको कार्यालयमा पेश गर्नुपर्नेछ । बोलपत्र फारम खरिद सुचना प्रकाशित भएको मितिले १५ औ (पन्ध्र) दिन सम्म  यस नगरपालिकाको कार्यालयमा कार्यालय समयभित्र मात्र खरिद गर्न सकिनेछ ।
5    सुचनामा प्रकाशित प्रत्येक ठेक्काको लागि बेग्लाबेग्लै बोलपत्र फारम खरिद गरि पेश गर्नुपर्नेछ ।
6    बोलपत्रदाताले कबोल गरेको रकम अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ , अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ ।
7    दर्ता हुन आएका सिलवन्दी वोलपत्र बोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थितिमा प्रथम पटक सुचना प्रकाशित भएको मितिले १६ (सोह्र) औं दिनको २ः०० वजे शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा खोलिने छ । बोलपत्रदाता वा निजको प्रतिनिधी उपस्थित नभए पनि वोलपत्र खोल्न वाधा पर्ने छैन ।
8    बोलपत्र स्वीकृत गर्ने नगर्ने सम्पुर्ण अधिकार नियमानुसार यस कार्यालयमा रहनेछ ।
9    ठेक्का स्वीकृत भएको ७ (सात) दिन भित्र स्वीकृत ठेकेदारले आफुले कवोल गरेको ठेक्का अंक वरावरको रकम यस कार्यालयको भद्रपुर शाखा रा.वा. बैक को मुलकोष खाता नं. २२१०३०४०१८१०५ खातामा एकमुष्ट जम्मा गर्नु गर्नु पर्नेछ ।
10    स्वीकृत ठेकेदारले रकम नवुझाएमा धरौटी वापतको रकम जफत गरि नियम वमोजिम ठेक्का वन्दोवस्त गरिने छ ।
11   यसमा उल्लेख नभएका विषयहरु प्रचलित कानुन बमोजिम हुनेछ ।
12    यो सुचना शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको कार्यालयको वेभ साइट http://www.shivasataximun.gov.np मा  प्रकाशित गरिएकोछ ।

13 मिती २०७४ ।०३ ।०७ विवेचना रष्टिय दैनिक पत्रीकामा https://www.bibechana.com/2017/06/21/asar-7/ समेत प्रकाशित गरिएकोछ ।

Supporting Documents: