FAQs Complain Problems

समाचार:

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

शिवसताक्षी नगरपालिकाले चालु अार्थिक वर्ष २०७४ / ७५ काे दोश्रो चौमासिकसम्म स‌ंचालन गरेका गतिविधी, क्रियाकलाप र सेवा सुविधाहरुकाे वारेमा जानकारी दिनका लागि २०७४ १२ २ गते सार्वजनिक सुनुवाई कार्यक्रमको अायोजना गरी सम्पन्न गरियो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पाेर्तेलको प्रमुख अातिथ्यता एंव नगर प्रमुख चन्द्र कुमार शेर्माको सभापतित्वमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सर्वसाधारणले व्यक्तीगत समस्या एेलानी जग्गा मिचेको, महिला विकासको लागि के कस्ता कार्यक्रम रहेको, समाजसेवी राधाकृष्ण खनालले दुधे महाभारा सडक ,त्यसतै धरमपुर लालझोडा सडक निर्माणमा किन ढिलाई भैरहेको, डुडामारी हलदार चोक सडक निर्माण के भैरहेकाे, शुक्र मावि हेडसर महेश कुमार खडकाले शिक्षा क्षेत्र विकासको लागि नपाले के कस्तो नीति लिएको, संचारकर्मी विनाेद सापकाेटाले कस्को अायोजनामा कार्यक्रम भै रहेको दोधारमा परेकाे र स्वास्थ क्षेत्र,वन अादि क्षेत्रको विकासकाे वारेमा के भैरहेको जिज्ञासा राखेका थिए । जिज्ञासाको वारेमा मेयर चन्द्र कुमार शेर्मा, उपमेयर भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत प‌ंकज भुर्तेलले जवाफ दिनु भएको थियो । नपाले गरेका गतिविधी र भावी योजनाको वारेमा मेयर चन्द्र कुमार शेर्माले प्रकाश पार्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि साेमनाथ पाेर्तेलले संविधानले स्थानीय तह नपा र गाउपालिकालाई धेरै अधिकार दिएकोले एेन कानून वनाएर उक्त अधिकार प्रयोग गर्नु पर्ने सुझाव दिनु भएको थियो । कार्यक्रममा नपाका वरिष्ठ कार्यक्रम अधिकृत प्रकाश चन्द्र चौधरी, स्वास्थ शाखा प्रमुख राेशन अधिकारी, अार्युवेद शाखाका टेकनाथ अर्याल, पशु शाखाका प्रमोद झा, कृषि शाखाका खिर वहादुर श्रेष्ठ र अार्थिक शाखा प्रमुख भिम खवास, संचारकर्मी, वडा अध्यक्षहरु, राजनितिक दलका प्रमुख तथा प्रतिनीधि, नागरिक समाज, शिक्षक, महिला समूह, हिमशिखर टेलिभिजनका केशव भण्डारी र सुर्योदय टेलिभिजनका टिकाराम नेती र सर्व साधारणको सहभागिता रहेको थियो । सम्पन्न गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमको हिमशिखर टेलिभिजन र सुर्योदय टेलिभिजनवाट समेत प्रशारण गरिनेछ ।