Error message

Warning: include(): Unable to allocate memory for pool. in theme_render_template() (line 1526 of /var/www/html/includes/theme.inc).

नगर परिचय

नेपाल सरकारले मिति २०७३।११।२७ गतेको राजपत्रमा सूचना प्रकाशित गरी साविकको शिवसताक्षि नगरपालिका, पाँचगाछि गाविस, तथा धरमपुर गाविस सम्मिलित गरी यस शिवसताक्षि नगरपालिका गठन गरेको हो । जम्मा ११ एघार वटा वडामा विभाजन गरीएको यस नगरपालिकाको कुल क्षेत्रफल १४५।८७ वर्ग कि।मी। रहेको छ भने जनसंख्या ६४५९६ रहेको छ । साविक धरमपुर गाविस हाल वडा नं। १, २, ३  तथा साविक पाँचगाछि गाविस हाल वडा नं। ४, ५ को रुपमा रहेको छ भने वडा नं। ६ र ७ ले साविक शिवगंज गाविस तथा वडा नं। ८, ९, १० र ११ ले साविक सतासीधाम गाविसलाई समेटेको छ। यस नगरपालिकाको पूर्वमा कन्काइ नगरपालिका उत्तरमा इलाम जिल्ला पश्चिममा कमल गाउँ पालिका र दक्षिणमा झापा गापा र गौरीगंज गापा रहेका छन ।
सताक्षिधाम धार्मिक क्षेत्र, दोमुखा पर्यटकिय क्षेत्र, चिल्लागढ ऐतिहासिक साँस्कृतिक क्षेत्र लगायत विभिन्न मठ मन्दिर, गुम्बा तथा खोलानाला, नहर, कुलो, पोखरी, सिमसार क्षेत्र तथा हरिया वनहरुले यस नगरपालिकालाई शान्त, आकर्षक र रमणिय बनाएका छन ।अन्य नगरपालिकाहरुको तुलनामा विकासका पूर्वाधारहरु कम भएता पनि अत्याधिक सम्भावना बोकेको क्षेत्रको रुपमा यस नगरलाई लिईन्छ । नगरपालिकाको केन्द्र वडा नं। ७ स्थित ब्याङ्गडाँडामा रहेको छ । नगरपालिकाको प्रमुखमा वडा नं। ८ डुँडामारी निवासी श्री चन्द्र कुमार शेर्मा तथा उप प्रमुखमा वडा न। ११ दूधे निवासी श्री भोजकुमारी नेपाल निर्वाचित हुनुभएको छ । जन प्रतिनिधिहरु निर्वाचित भै आए पश्चात नगर कार्यपालिकाले नगर कार्यपालिका कार्य विभाजन नियमावली, कार्य सम्पादन नियमावली लगायतका विभिन्न  नियमावली र कार्यविधिहरु स्विकृत गरी त्यसैका आधारमा नगर कार्यपालिकाका दैनिक प्रशासनिक तथा विकासात्मक कार्यहरु संचालित छन ।

 

Pages