FAQs Complain Problems

समाचार:

विपत पुर्वतयारी सुचना

Shivasatakshi notice

जल तथा मौसम विज्ञान विभाग, मनसुन पुर्वानुमान महाशाखाको मनसुन विशेष मौसम बुलेटिनका अनुसार आगामी तिन दिन अधिक वर्षा हुने हुँदा बाढी, पहिरो र डुबानको उच्च जोखिम रहने साथै मनसुनमा रात्रीको समय वर्षा अधिक हुने सम्भावना भएकोले ठुला तथा साना नदी-नाला र खोलाहरुमा पानीको सतह बढी दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले डुबान र कटान हुने तटीय क्षेत्रमा आवश्यक सतर्कता तथा तयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवालाहरुमा अनुरोध छ ।

 

१.धान खेत, तरकारी तथा फलफूल वगैँचामा पानीको निकास राम्रोसँग गर्नुहोस् । खेतको गराको विभिन्न ठाउँबाट कुलेसो काटी पानीको निकास गर्नुहोस् ।

२. नकाटेको धानलाई मौसम सफा भई पानी पर्न रोकेको ३-४ दिनपछि मात्र धान काट्नुहोस् ।

३. धान काट्नै पर्ने भएमा उपलब्ध मेसिनहरु प्रयोग गरि काट्नुहोस् र खेतमा नछोडी भित्र्याउनुहोस् । चुटिसकेको धानलाई हावा आउने ठाउँमा फिजाई पंखाको सहयोगले हावा दिई बेला बेला धानलाई चलाई छिटो सुकाउने प्रबन्ध गर्नुहोस् ।

४. हावाहुरीबाट यस अघि नै लडेको धानको बालालाई सक्दो चाडै काटेर, थ्रेश गरी र दाना सुकाई बिक्रि गर्नुहोस्।

५. लडेको धानको बोटलाई बाँधेर खडा गर्नुहोस् । बाँसको खम्बा गाडी त्यसमाथि भिजेको धानको बाला सुकाउनुहोस् ।

६. भिजेको धानलाई मिलसँग समन्वय गरी बिक्रि गर्नुपर्ने वा उसिना चामल बनाउने वा चिउरा, भुजामा प्रयोग गर्नुहोस्।

७. वर्षा नरोकिँदा सम्म तरकारीको नर्सरी व्याड नराख्नुहोस् । यदि राखिसक्नुभएको छ भने पानी निकासको उचित व्यवस्था गर्नुका साथै प्लाष्टिकले ढाक्नुहोस्।

८. पानी परेको समयमा रासयनिक मलको प्रयोग नगर्नुहोस् साथै, विषादी नछर्कनुहोस् । 

९. पशुवस्तुलाई खुवाउने दानालाई सफा र ओभानो ठाँउमा भण्डारण गर्नुहोस् ।

१०. माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस् । माछापोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई पानी निकासको उचित व्यवस्था मिलाउनुहोस् ।

११. अन्य आवश्यक  जोखिम व्यवस्थापनको तयारी गर्नुहोस् ।