समाचार:
सवारी साधनको सडक पूर्वाधार उपयोग बार्षिक कर बुझाउने सम्बन्धि सार्वजनिक सूचना
प्रस्तुत विषयमा आ.व. ०७७÷७८ (मिति २०७७ श्रावण १ गते देखि ०७८ आषाढ मसान्त सम्म) का लागि सडक पूर्वाधार उपयोग बार्षिक शुल्क बुझाउन चाहाने सवारी धनीहरुले निम्न कागजात सहित सुचना प्रकाशन भएको मिति देखि १५ औँ दिज (२०७७ असार ३ गते) सम्म शिवसताक्षी नगरपालिकको कार्यालय ब्यांगडाडामा कार्यालय समयभित्र देहाय अनुसारको बार्षिक सडक उपयोग कर बुझाउन यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ । तोकेको समय भित्र मात्र उक्त कर बुझाउन सकिने ब्यहोरा समेत सम्बन्धित सवैको जानकारीका लागि अनुरोध छ ।
आवश्यक कागजातः—
१. सवारी साधनको दर्ता प्रमाण पत्र (विलबुकको प्रतिलिपि)
२. निवेदन
बार्षिक करको विवरण
नीजि सवारी साधन कार जीप भेनको हकमा (बार्षिक)
१३००।००
टेम्पो, इ रिक्शा, बार्षिक
१०००।००
सार्वजनिक भाडाका कार, जीप,भेन,पिकअप,,स्कुल भेन आदी
२०००।००
मिनिट्रक, ट्याक्टर, स्कुल बस, सार्वजनिक बस
२५००।००
ट्रक,ट्रिपर,लहरी,स्काभेटर,ग्रेडर,रोलर आदी ठुला साधन
३०००।००