समाचार:
पर्यटकिय क्षेत्र वडा न ८ चिल्लागढ यज्ञकुण्ड
महेन्द्र राजमार्गको झापा जिल्ला अन्तर्गत शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाको सँगम जोडिने तथा नेपालको सबैभन्दा लामो कन्काई नदी माथि रहेको पक्की पुल दक्षिण पश्चिम करीब ३ किमी दुरीमा कनकाई माईको किनारामा अवस्थित शिवसताक्षी नगरपालिका वडा नं. ८ मा पर्ने "श्री चिल्लागढ धाम" र साथमा रहेको पोखरीको ऐतिहासिकताले झापाबासीहरुको मात्र नभई पुर्व मेची देखी पश्चिम महाकाली, उत्तर हिमाल देखी दक्षिण तराइसम्म लगायत विश्व समुदायमा यसको चर्चा चल्न थालएको छ । द्वापर युगमा विराट राजाको गाई वस्तुलाई पानी खुवाउन खनेको पोखरी नै "चिल्लागढ पोखरी" हो भन्ने भनाई पनि रहेको छ । यस ठाउँलाई किराँतहरूले आफ्नो पवित्र धार्मिकस्थल भनी पूजाआजा गर्ने गरेका छन् । यस चिल्लागढ पोखरीको नजीक माई नदी रहेको कारण चैत्र बैशाख महिना तिर पोखरीको पानी केहीमात्रमा घट्दै गएपनी मौसम बदलिए पश्चात पुन: पोखरिमा पानीले सजिसजाउ हुनेगर्दछ । एक विगाहा क्षेत्रफल ओगटेको यो चारकुने पोखरीको वरिपरि चारकुना बराबरी मिलाएर करिब् ६/७ फिटको उचाईमा माटोको घेरा उठाएर किल्लाको स्वरूप दिइएकोछ । आजसम्म कहिल्यै नसुनेको भनि विश्वास गरिएको यो पोखरीमा कहिलेकाही बन्दुक पड्केको जस्तो आवाज आउने गर्दछ भन्ने भनाई रहेकोछ। चिल्लागढ पोखरीमा सतासीधामको सिरान पहाडमा पाईएको विशाल शिवलिङ्ग समेत २०५८ सालमा स्थापित गरिएको छ । यस पोखरीको किनारमा मङ्सिर पूर्णिमाका दिन उधौली र बैशाख पूर्णिमाका दिन उभौली पर्व मनाइन्थ्यो ।
यातायातः
यातायातको लागि शिवसताक्षी–८, माईधार देखि दक्षिणमा रहेको यो धाममा आउन महेन्द्र राजमार्ग अन्तर्गत संगम चौकसम्म पक्कि सडक रहेको र त्यहासम्म सवारी साधन प्रशस्त पाइनेछ । संगम चौक देखि २.५ कि.मि. दक्षिणमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल श्री चिल्लागढ़ धामसम्म आउनको लागि कच्ची सडक भएपनि माईधारबाट आउँन प्रशस्त रुपमा भाडाका सवारी साधन पाईने छ । साथै भद्रपुर विमान स्थलबाट पनि सिधै बिर्तामोड, सुरुङ्गा, माईधार हुँदै ऐतिहासिक तथा धार्मिक स्थल श्री चिल्लागढ़ धाम आउने सुबिधा छ ।
यात्रासमयः
महेन्द्र राजमार्ग भरी पक्कि सडक रहेको साथै महेन्द्र राजमार्ग अन्तर्गत संगम चौक देखि २.५ कि.मि. दक्षिणमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल श्री चिल्लागढ़ धामसम्म आउनको लागि कच्ची सडक अन्दाजी १० मिनेट को यात्रा तय पश्चात यो धाम आउन सकिन्छ । यस क्षेत्रमा वनभोज खान, चलचित्र सुटिङ्ग गर्न पुजा गर्न, दृष्य अवलोकन गर्न आउने गर्दछन् । अनुकुल जुनसुकै समयमा पनि यो धार्मिक स्थलमा आउन सकिन्छ ।
ध्यान दिनुपर्ने कुराः
कानुनको मर्यादा विपरित कुनै पनि काम गर्न पाईदैन । भगवती माताको मन्दिर, लगायत श्री चिल्लागढ़ धाम परिसरमा धुम्रपान/माध्यपान निषेध गरिएको छ साथै यहा बली भोग दिन पाईदैन । समितिको अनुमति बिना यहा रहेको पोखरीमा साथै यो क्षेत्रमा पौडी खेल्न पाईदैन ।
खान र बस्नको व्यवस्थाः
धाम परिसरको नजिकै रहेको होटेल अती सुबिधा युक्त सुरुङामा रहेको होटेलमा जस्तै Hotel Delight (होटेल डिलाइट) Pathivara Hotel Lodge & Party Palace Damak, (पाथिभरा होटल लज एण्ड पार्टी प्यालेस दमक, Hotel Katyayani Inn Damak, (होटेल कात्यायनी ईन), Senior Hotel & Lodge (सिनियर होटेल दमक), Hotel Deurali & Lodge Damak (होटेल देउराली एण्ड लज दमक) यी होटलहरु मुख्य पेजको दायाँभागमा रहेको लोगोबाट पूर्णरुपमा जानकारी लिन सक्नुहुनेछ । यी सुबिधा सम्पन्न पार्किङ् ब्यबस्था भएको होटेलहरु यहाँहरुको सधैं सेवामा रहेका छन ।
पहिरनः
यस क्षेत्रमा आउने आगन्तुक पाहुनाले समय अनुकुल, मौसम अनुकुल पहिरन लगाई आए हुनेछ । यस क्षेत्रमा आउन पर्यटकलाई कुनै निश्चित पहिरन तोकिएको छैन ।
यस क्षेत्रको महत्व:
यो धाम एैतिहासिक धार्मिक घटनाबाट स्थापित हुन गएको हुँदा यसको धार्मिक महत्व धेरै छ । आध्यत्मिक चिन्तकहरुका लागि शान्ती क्षेत्र साधना भुमी हो । यहाँको शुभ एबं दैबिक कार्यले मानसिक शान्ती र भौतिक समुन्नती प्राप्त हुने हुँदा पनि यसको अत्युत्तम महत्व छ । प्राकृतिक बातावरण, सुन्दर, स्वस्च्छ अनि रमणीय द्रिस्यवलीको खानि भएकाले यसको महत्व ठुलो छ । यो धाममा विश्वकै सबै भन्दा ठुलो बेदी र यज्ञ कुण्ड रहेको स्थल साथै चारधामको दर्शन गरी श्री चिल्लागढ़ धामको दर्शन छुटाए तिर्थब्रतबाट प्राप्तहुने फल चाहिँ प्राप्त नहुने किम्बदन्ती रहेको हुनाले यो धामको अझ महत्व बढेर गएको छ । श्री चिल्लागढ़ धामको दर्शनले मात्र पनि चारधामको फलप्राप्त हुने कथन पाइन्छ । यो क्षेत्रमा पाँचहजार वर्ष अघि पाँच पाण्डवहरु द्वारा हज्जारौ ब्राम्हण पण्डित द्वारा संसारकै ठुलो बेदी र यज्ञकुण्ड बनाई होमादी यज्ञ गरिएको थियो । श्री चिल्लागढ़ धामको दर्शन गरे मानसिकता तनाव शान्त हुने, समस्या हल हुने र चिताएको कुराहरु पुराहुने जनबिस्वास रही आएको छ ।
अन्य आकर्षण:
पाँचहजार वर्ष अघि पाँच पाण्डवहरु द्वारा यज्ञ गर्न बनाइएको २६ बिगाहा क्षेत्रफलको बेदी १ बिगाहाको यज्ञकुण्ड रहेकोले यस धामको आकर्षण बढेको छ । यसै धाममा प्राकृतिक शिवलिंग रहेको छ । करिब २६ बिगाहा क्षेत्रफलको बाहिरि भाग वरिपरी अन्दाजी ५/६ फिटको उचाई डिल र बिचमा होमादी यज्ञ गरिएको स्थान जो चाहिँ पोखरीले सजिएको छ । किरात माङ्हिम मन्दिर, शिवालय मन्दिर, भगवति मन्दिर र दुर्गा देबी मन्दिर ले यो धामलाई पबित्र शोभायमान बनाएकोछ ।